Kathmandu Press

काठमाडौं उपत्यकामा सोमबार थपिए ३२६ जना कोरोना संक्रमित 

 काठमाडौं उपत्यकामा थप ३२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
काठमाडौं उपत्यकामा सोमबार थपिए ३२६ जना कोरोना संक्रमित 

काठमाडौं, भदौ २२ : काठमाडौं उपत्यकामा थप ३२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सोमबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ३२६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार काठमाडौंका २९३, भक्तपुरका १३  र ललितपुरका २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।  

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ। संक्रमितमध्ये ३० हजार ६७७ जना निको भएर घर फर्किएका छन्।  प्रवक्ता गौतमका अनुसार सोमबारमात्रै कोरोनालाई जितेर १७३६  जना घर फर्किएका छन्। 
 

प्रकाशित मिति: १६:१४ बजे, सोमबार, भदौ २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्