Kathmandu Press

कोरोना संक्रमणबाट पर्सामा थप एक जनाको मृत्यु

वीरगञ्ज, भदौ २२ : कोरोना भाइरसको संक्रमणबाट पर्सामा थप एक जनाको मृत्यु भएको छ।कोरोना संक्रमणबाट वीरगञ्ज महानगरपालिका–३० लालपर्साका ५४ वर्षीय पुरुषको उपचारका क्रममा...
कोरोना संक्रमणबाट पर्सामा थप एक जनाको मृत्यु

वीरगञ्ज, भदौ २२ : कोरोना भाइरसको संक्रमणबाट पर्सामा थप एक जनाको मृत्यु भएको छ।

कोरोना संक्रमणबाट वीरगञ्ज महानगरपालिका–३० लालपर्साका ५४ वर्षीय पुरुषको उपचारका क्रममा सोमबार वीरगञ्ज हेल्थकेयर कोभिड अस्पतालमा मृत्यु भएको हो। अस्पतालका चिकित्सक डा. नौसाद अली ती पुरुषको आईसीयूमा उपचार भइरहेको थियो। 

कोरोना संक्रमण पुष्टि भएपछि ती पुरुषलाई भदौ १५ गते कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा भर्ना गरिएको थियो। मधुमेह, उच्च रक्तचाप, दम र मृगौला रोगबाट ग्रसित ती पुरुषलाई सुरुमा नारायणी अस्पताल लगिएको थियो।

योसँगै कोरोना संक्रमणबाट पर्साका ४२ जनाले ज्यान गुमाएका छन्।

प्रकाशित मिति: १४:४९ बजे, सोमबार, भदौ २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्