कर्णाली प्रदेशका सांसद दिनबन्धु श्रेष्ठलाई कोरोना संक्रमण
जुम्ला, भदौ २२ : कर्णाली प्रदेशसभाका सांसद दिनबन्धु श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाको प्रयोगशालामा गरिएको परीक्षणमा प्रदेश सांसद श्रेष्ठमा...
जुम्ला, भदौ २२ : कर्णाली प्रदेशसभाका सांसद दिनबन्धु श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाको प्रयोगशालामा गरिएको परीक्षणमा प्रदेश सांसद श्रेष्ठमा कोरोना संक्रमण पुष्टि भएको हो। नेपाली कांग्रेसबाट सांसद बनेका श्रेष्ठ कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका छन्।
उनले आफूमा कोरोनाको कुनै लक्षण नदेखिएको बताए। उनले भने,‘मलाई कोरोनाको लक्षण कनै देखिएको छैन। म आफ्नै घरमै आइसोलेसनमा बसिरहेको छु।’
प्रकाशित मिति: १४:१६ बजे, सोमबार, भदौ २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











