पाँचथरमा चार प्रहरीसहित थप ६ जनामा कोरोना संक्रमण पुष्टि
पाँचथर, भदौ २२ : पाँचथरमा चार प्रहरीसहित थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा सोमबार गरिएको...
पाँचथर, भदौ २२ : पाँचथरमा चार प्रहरीसहित थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा सोमबार गरिएको परीक्षणमा चार जना प्रहरीसहित थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि हुनेहरुमा जिल्ला प्रहरी कार्यालय पाँचथरमा कार्यरत ३३–३३ वर्षीय दुई जना, २६ र ३८ वर्षीय प्रहरी रहेका छन्।
यसैगरी, पाँचथर अस्पताल फिदिमको भवन निर्माणमा खटिएका ३८ वर्षीय एक मजदुर र राँकेका एक जनामा संक्रमण भेटिएको छ।
संक्रमित सबैलाई शिक्षा स्रोत केन्द्र भवनको आइसोलेसनमा राखिएको स्वास्थ कार्यालय पाँचथरले जनाएको छ।
प्रकाशित मिति: १४:०१ बजे, सोमबार, भदौ २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











