Kathmandu Press

ताप्लेजुङमा पहिरोले विद्युतगृह बगायो, दुई जनाको मृत्यु

ताप्लेजुङ, भदौ २२ : ताप्लेजुङमा पहिरोले विद्युतगृह बगाउँदा दुई जनाको मृत्यु भएको छ।सोमबार सिरिजंघा गाउँपालिका–४  तेल्लोकको नागदेवा लघु जलविद्युत आयोजनाको पावर हाउस पहिरोले...
ताप्लेजुङमा पहिरोले विद्युतगृह बगायो, दुई जनाको मृत्यु

ताप्लेजुङ, भदौ २२ : ताप्लेजुङमा पहिरोले विद्युतगृह बगाउँदा दुई जनाको मृत्यु भएको छ।

सोमबार सिरिजंघा गाउँपालिका–४  तेल्लोकको नागदेवा लघु जलविद्युत आयोजनाको पावर हाउस पहिरोले बगाउँदा अपरेटरसहित दुई जनाको मृत्यु भएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए। 

पहिरोमा परी पावर हाउमा काम गर्ने ३० वर्षीय राजु थके लिम्बु र ५५ वर्षीय विष्णुदास थेबेको मृत्यु भएको श्रेष्ठले बताए। उनीहरुको शब पोष्टमार्टमका लागि सदरमुकाम फुङलिङ पठाइएको छ।

पहिरोले २० किलोवाट क्षमताको विद्युगृह बगाएको छ।

प्रकाशित मिति: १३:५२ बजे, सोमबार, भदौ २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्