पुल्चोकबाट पक्राउ परेका ६ जनामा कोरोना संक्रमण पुष्टि

ललितपुर, भदौ २२ : रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप हुँदा पक्राउ परेका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बिहीबार ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप हुँदा १९ जनालाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेका तीन जनालाई प्रहरीले छोडिसकेको छ।
बाँकी रहेका १६ जना मध्ये ६ जनाको रिपोर्ट पोजेटिभ देखिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।
संक्रमण पुष्टि भएका सबैलाई ललितपुर परिसरमै राखिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १३:४९ बजे, सोमबार, भदौ २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-(7)-1765197040.jpg)





-(7)-1765197040.jpg)

-1765195794.jpg)
-1765195343.jpg)