Kathmandu Press

अर्घाखाँचीमा चोरी मुद्दामा थुनामा रहेका कैदीको मृत्यु

सन्धिखर्क, भदौ २२ : जिल्ला कारागार अर्घाखाँचीको थुनामा रहेका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ।जिल्ला कारागार सन्धिखर्कमा चोरी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका...
अर्घाखाँचीमा चोरी मुद्दामा थुनामा रहेका कैदीको मृत्यु

सन्धिखर्क, भदौ २२ : जिल्ला कारागार अर्घाखाँचीको थुनामा रहेका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ।

जिल्ला कारागार सन्धिखर्कमा चोरी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका रूपन्देहीको तिलोत्तमा नगरपालिका–५ का ४६ वर्षीय कैदीे रामप्रसाद पाण्डेको उपचारका क्रममा मृत्यु भएको कारागारका निमित्त जेलर कृष्ण आचार्यले जानकारी दिए। 

Hardik ivf

मृतक पाण्डेलाई मुटुको समस्या थियो। शनिबार साँझ उहाँको शरीर एक्कासी सुन्निन थालेपछि अर्घाखाँची अस्पतालमा उपचारका लागि लगिएको थियो। अस्पतालले स्वास्थ्य अवस्था जटिल रहेको बताएपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको थियो।

पाण्डेको उपचारकै क्रममा आइतबार राति मृत्यु भएको अस्पतालले घोषणा गरेको थियो। रासस

प्रकाशित मिति: १३:४० बजे, सोमबार, भदौ २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्