Kathmandu Press

कञ्चनपुरमा एकै परिवारका चार जनामा कोरोना संक्रमण 

शुल्काफाँटा, भदौ २२ : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका कार्यालयमा कार्यरत कार्यालय सहयोगी परिवारका चार जना सदस्यमा कोरोनाको संक्रमण पुष्टि भएको छ । शुक्लाफाँटा नगरपालिका– ११ का...
कञ्चनपुरमा एकै परिवारका चार जनामा कोरोना संक्रमण 

शुल्काफाँटा, भदौ २२ : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका कार्यालयमा कार्यरत कार्यालय सहयोगी परिवारका चार जना सदस्यमा कोरोनाको संक्रमण पुष्टि भएको छ । 

शुक्लाफाँटा नगरपालिका– ११ का स्थायी बासिन्दा रहेका कार्यालय सहयोगीसहित उनकी श्रीमती, हजुरआमा र ठूली आमामा कोरोनाको संक्रमण देखिएको हो । 

नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टका अनुसार चार जनासँगै पीसीआर परीक्षणका लागि स्वाब लिइएकामध्ये छोरीको स्वाबको नतिजा भने नेगेटिभ आएको छ। कैलालीको धनगढीमा रहेको सिपी अस्पतालमा कार्यरत कार्यालय सहयोगीका २२ वर्षीया श्रीमतीमा कोरोनाको स)क्रमण देखिएको थियो। 

भेट्न जाने क्रममा परिवारका अन्य व्यक्तिलाई समेत कोरोनाको संक्रमण भएको अनुमान गरिएको छ। श्रीमतीमा कोरोनाको संक्रमण भएको पाइएपछि सम्पर्कमा आएका परिवारका सदस्यको कन्ट्रयाक्ट ट्रेसिङको कार्य गर्दा परिवारका तीन जनामा कोरोना भएको पाइएको हो। 

परिवारका अन्य सदस्यमा कोरोनाको संक्रमण भएको पाइएको छैन। कोरोनाको आशङ्का भएपछि पीसीआर परीक्षणका लागि स्वाब दिएको चार दिनदेखि नै क्वारेन्टिनमा बस्दै आएको कार्यालय सहयोगीले बताए। रासस

प्रकाशित मिति: १३:३६ बजे, सोमबार, भदौ २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्