Kathmandu Press

उखु किसानले अझै पाएनन् २४ करोड

सर्लाही, भदौ २२ : किसानले उखु बिक्री गरेबापत करिब २४ करोड रुपैयाँ अझै भुक्तानी पाइका छैनन्।  जिल्लाको धनकौलस्थित अन्नपूर्ण चिनी मिलले उक्त रकम...
उखु किसानले अझै पाएनन् २४ करोड

सर्लाही, भदौ २२ : किसानले उखु बिक्री गरेबापत करिब २४ करोड रुपैयाँ अझै भुक्तानी पाएका छैनन्।  

जिल्लाको धनकौलस्थित अन्नपूर्ण चिनी मिलले उक्त रकम भुक्तानी दिन बाँकी रहेको उखु उत्पादक किसानले जनाएको छ। उखुको बक्यौता रकम नपाएको भन्दै गत पुसमा काठमाडौंमा आन्दोलन गरेका उखु किसान र सरकारबीच दुई महिनाभित्र भुक्तानी गर्ने सम्झौता भएको थियो। पुस १८ मा सम्झौता भएपछि केही उद्योगले भुक्तानी सुरु गरे पनि अन्नपूर्ण चिनी मिलले दिएको छैन।

पटकपटक संघर्ष गर्दा पनि सो उद्योगले उखु बेचेका किसानको तीन÷चार वर्षदेखिको भुक्तानी भुक्तानी अझैसम्म नगरेको किसानको गुनासो छ। लामो समयसम्म बक्यौता रकम भुक्तानी नभएपछि अब आशा गर्न छाडेको धनकौल गाउँपालिका महिनाथपुरका किसान रामप्रताप महतोले बताए।  आफूहरु काठमाडौँ गएर धर्नामा बस्दा किसानको भुक्तानी दिलाउन केही चासो देखाए जस्तो गरेको सरकारले त्यसपछि वास्ता नगरेको उनको आरोप छ। 

विश्वव्यापी माहामारीका रुपमा फैलिएको कोरोना भाइरसविरुद्ध सरकारले जारी गरेको निषेधाज्ञाका कारण अन्य काम पनि रोकिएका छन्। उखुको भुक्तानी आउला र घर व्यवहार चलाउने भन्ने आश गरेका सो क्षेत्रका किसान अहिले निराश भएका छन्। विगतका वर्षको भुक्तानी दिन नसकेर गत वर्ष मुख्य सिजनमा पनि अन्नपूर्ण चिनी मिल सञ्चालन हुन सकेन्। 

जति प्रयास गर्दा पनि भुक्तानी नदिएर ती उद्योगले किसानलाई निराश बनाएको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बताए। अध्यक्ष मैनालीका अनुसार उद्योगले तीन÷चार वर्षदेखिको करिब २४ करोड रकम उखु उत्पादक किसानको भुक्तानी गर्न बाँकी रहेको छ।  

प्रकाशित मिति: १३:२२ बजे, सोमबार, भदौ २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्