Kathmandu Press

कोशी अस्पतालकाे कोभिड उपचार केन्द्रमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं, भदौ २२ : विराटनगरमा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ। कोशी कोभिड उपचार केन्द्रमा उपचार गराइरहेका विराटनगर महानगरपालिका– १० का  ७६ वर्षीय पुरुषको...
कोशी अस्पतालकाे कोभिड उपचार केन्द्रमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं, भदौ २२ : विराटनगरमा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ। 

कोशी कोभिड उपचार केन्द्रमा उपचार गराइरहेका विराटनगर महानगरपालिका– १० का  ७६ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको हो। 

स्वास्थ्यमा समस्या भएपछि उपचार गराउन काेशी अस्पताल पुगेका उनमा संक्रमण पुष्टि भएपछि कोभिड उपचार केन्द्रमा भर्ना गरिएको थियो।

योसहित विराटनगरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ।

प्रकाशित मिति: १३:१३ बजे, सोमबार, भदौ २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्