Kathmandu Press

उपसभामुख तामाङ कोरोनामुक्त

उपसभामुख तामाङ कोरोनामुक्त

मकवानपुर भदौ २२ : कोरोना संक्रमण पुष्टि भएपछि विगत १४ दिनदेखि होम आइसोलेसनमा रहेकी वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङ कोरोना मुक्त भएकी छन्। 

दोस्रो पटक पीसीआर परीक्षण गरिँदा रिपोर्ट नेगेटिभ आएपछि उनी संक्रमणमुक्त भएको वागमती प्रदेशसभा सचिवालयले जनाएको छ  

केही हप्ताअघि पीसीआर परीक्षण गर्दा कोभिड–१९ संक्रमण पुष्टि भएपछि उनी हेटौँडास्थित सरकारी निवासमा होम आइसोलेसनमा बसेकी थिइन्। उपसभामुख तामाङले आफू र छोराको समेत दोस्रो पटक पीसीआर परीक्षण गर्दा निगेटिभ रिपोर्ट आएको जानकारी दिए।  

उनले आफ्नो स्वकीय सचिव एलिसा थापाको पीसीआर परीक्षण नतिजा पोजेटिभ आएको हुँदा उनी होम आइसोलेसनमा बसेको जानकारी दिइन्।

प्रकाशित मिति: १२:१३ बजे, सोमबार, भदौ २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्