गण्डकी प्रदेशका थप ६७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, भदौ २२ : गण्डकी प्रदेशमा सोमबार थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा गण्डकी प्रदेशका...
काठमाडौं, भदौ २२ : गण्डकी प्रदेशमा सोमबार थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा गण्डकी प्रदेशका चार जिल्लाका ६७ जनामा संक्रमण पुष्टि भएको हो।
संक्रमितमध्ये पोखराको एक उद्योगमा कार्यरत मजदुर र अस्पतालका कर्मचारीसमेत रहेका छन्।
योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार पाँच सय ९८ पुगेको छ।
प्रकाशित मिति: ११:५३ बजे, सोमबार, भदौ २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











