Kathmandu Press

कोरोनाबाट मृत्यु भएको मानिसको विभिन्न अंग निकालिन्छ भनेर अफवाह फैलाउने व्यक्ति पक्राउ

काठमाडौं, भदौ २२ : कोरोना संक्रमणबाट मृत्यु भएको मानिसको विभिन्न अंग निकालिन्छ भन्दै अभिव्यक्ति दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको...
कोरोनाबाट मृत्यु भएको मानिसको विभिन्न अंग निकालिन्छ भनेर अफवाह फैलाउने व्यक्ति पक्राउ

काठमाडौं, भदौ २२ : कोरोना संक्रमणबाट मृत्यु भएको मानिसको विभिन्न अंग निकालिन्छ भन्दै अभिव्यक्ति दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले उनलाई सोमबार पक्राउ गरेको हो।

आफूलाई प्राकृतिक चिकित्सक बताउने सुवास सुब्बा लिम्बुले विभिन्न युट्युव च्यानलमा कोरोना संक्रमणबाट मृतयु भएको मानिसको सवभिन्न अंग निकाल्ने गरेको अन्तवार्ता दिएका थिए। 

नचाहिँदो अफवाह फैलाएको अभियोगमा लिम्बुलाई पक्राउ गरिएको प्रहरीले जनाएकाे छ।

उनले कोरोनाबाट मृत्यु भएको व्यक्तिको शव नदेखाइनु र पोष्टमार्टम नहुनु कारण गोप्य रुपमा अंग झिक्नु हो भन्दै दाबी गरेका थिए। 

प्रकाशित मिति: ११:२६ बजे, सोमबार, भदौ २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्