Kathmandu Press

बाढीले विद्युतगृह बगाउँदा दुई युवकको मृत्यु

ताप्लेजुङ, भदौ २२ : ताप्लेजुङको सिरिजंघा गाउँपालिकास्थित नागदेवा खोलामा आएको बाढीले जलविद्युत गृह बगाउँदा दुई जनाको मृत्यु भएको छ।गएराति आएको बाढीले स्थानीय नागदेवा...
बाढीले विद्युतगृह बगाउँदा दुई युवकको मृत्यु

ताप्लेजुङ, भदौ २२ : ताप्लेजुङको सिरिजंघा गाउँपालिकास्थित नागदेवा खोलामा आएको बाढीले जलविद्युत गृह बगाउँदा दुई जनाको मृत्यु भएको छ।

गएराति आएको बाढीले स्थानीय नागदेवा खोला लघुजलविद्युत् आयोजनाको विद्युत्गृह बगाएको हो। बाढीले बगाउँदा विद्यतुगृहमा कार्यरत तेल्लोकका राजु थेबे र विष्णुराज थेबेको मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

राति करीब १ बजे अचानक खोलामा आएको बाढीले दुवै जनालाई बगाएको सिरिजंघा गाउँपालिकाका अध्यक्ष टीका गुरुङले बताए। राजु आयोजनाको विद्युत्गृहका कर्मचारी हुन् भने विष्णुराज उनका साथी हुन्।

स्थानीय बासिन्दाका अनुसार राजुले विष्णुलाई साथीका रुपमा विद्युत्गृहमा लगेका थिए। उनीहरु दुवैको शव विद्युत्गृहमुनि बगरमा भेटिएको छ।

बाढीले विद्युत्गृह बगाएको बिहान मात्रै थाहा भएको गाउँपालिका अध्यक्ष गुरुङले बताए। नजिकै पेदाङका बासिन्दाले बाढीले विद्युत्गृह नै नरहेको देखेपछि घटनाबारे जानकारी भएको थियो।

अध्यक्ष गुरुङका अनुसार इलाका प्रहरी कार्यालयबाट प्रहरीको टोली र स्थानीय बासिन्दाको सहायतामा शव निकालिएको र परीक्षणका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याउने तयारी भएको छ।

अहिले विद्युत आपूर्तिसमेत बन्द भएको छ। क्षतिको विवरण आउन बाँकी रहेको जनाएको छ।

प्रकाशित मिति: ०९:५७ बजे, सोमबार, भदौ २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्