Kathmandu Press

आज पनि केहि स्थानमा भारी वर्षाको पूर्वानुमान 

काठमाडौं, भदौं २२ : मनसुनको न्यून चापीय रेखाको प्रभावले अहिले पनि देशका केहि स्थानमा सामान्य वर्षा भइरहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले...
आज पनि केहि स्थानमा भारी वर्षाको पूर्वानुमान 

काठमाडौं, भदौं २२ : मनसुनको न्यून चापीय रेखाको प्रभावले अहिले पनि देशका केहि स्थानमा सामान्य वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश नम्बर १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

आजै दिउँसो देशभरको मौसम सामान्य बदली हुने र केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज दिउँसो र राति प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ मा भारी वर्षाको पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ ।

भारी वर्षा हुने क्षेत्रमा आगामी २४ घण्टासम्म सतर्कता अपनाउन महाशाखाले आह्वान पनि गरेको छ । 

प्रकाशित मिति: ०८:१४ बजे, सोमबार, भदौ २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्