Kathmandu Press

राजनीतिक परिवर्तनप्रति निजामती कर्मचारीहरुको योगदान प्रशंसायोग्य : प्रधानमन्त्री 

काठमाडौँ, भदौं २२ : प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती कर्मचारीलाई देशको विकास एवं जनताको सेवामा निष्ठापूर्वक समर्पित हुन आग्रह गरेका छन् ।निजामती सेवा...
राजनीतिक परिवर्तनप्रति निजामती कर्मचारीहरुको योगदान प्रशंसायोग्य : प्रधानमन्त्री 

काठमाडौँ, भदौं २२ : प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती कर्मचारीलाई देशको विकास एवं जनताको सेवामा निष्ठापूर्वक समर्पित हुन आग्रह गरेका छन् ।

निजामती सेवा दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले राष्ट्र सेवकलाई स्वच्छ आचरण र उच्च नैतिक मनोबलका साथ लागि आफ्नो दक्षता अभिवृद्धि गर्दै देशको विकास एवं जनताका सेवामा निष्ठापूर्वक समर्पित हुन आग्रह गरे । विसं २०१३ मा तत्कालीन टङ्कप्रसाद आचार्यको सरकारले नेपालमा पहिलो पल्ट आजकै दिन निजामती सेवा ऐन ल्याएको थियो ।

उनले कर्मचारीलाई राष्ट्रिय एकताको भावधारामा एकताबद्ध हुँदै सुशासन र विकासको बाटामा अग्रसर हुन समेत आग्रह गरे । सन्देशमा उनले कर्मचारीमा उच्च नैतिक आचरण र पेशागत निष्ठामार्फत जनताप्रति उत्तरदायी र असल शासनको व्यावहारिक अनुभूति प्रदान गर्न सफलता मिलोस् भन्ने समेत कामना समेत गरेका छन् ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९को विषम परिस्थितिलाई सामना गर्ने सिलसिलामा जीवन जोखिममा राखी अग्रभागमा खटिनुभएका राष्ट्रसेवकप्रति यस अवसरमा प्रधानमन्त्रीले सम्मान समेत प्रकट गरेका छन् ।

प्रधानमन्त्री ओलीले नेपालको अग्रगामी राजनीतिक परिवर्तनप्रति निजामती कर्मचारीहरुको प्रत्यक्ष र परोक्ष योगदान प्रशंसायोग्य रहेको  सन्देशमा उल्लेख गरेका छन् ।  (रासस) 

प्रकाशित मिति: ०७:५८ बजे, सोमबार, भदौ २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्