Kathmandu Press

कोरोना भाइरस : संक्रमितको संख्यामा ब्राजिललाई उछिन्दै भारत दोस्रो 

काठमाडौं, भदौं २२ : विश्वमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङख्या अमेरिकापछि अब भारतमा धेरै भएको तथ्याङ्कले देखाएको छ।यसअघि सङ्क्रमित हुनेको सङ्ख्या भारतमा भन्दा ब्राजिलमा...
कोरोना भाइरस : संक्रमितको संख्यामा ब्राजिललाई उछिन्दै भारत दोस्रो 

काठमाडौं, भदौं २२ : विश्वमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङख्या अमेरिकापछि अब भारतमा धेरै भएको तथ्याङ्कले देखाएको छ।

यसअघि सङ्क्रमित हुनेको सङ्ख्या भारतमा भन्दा ब्राजिलमा बढी थियो। अहिले भारतमा सङ्क्रमित हुनेको सङ्ख्या ४२ लाख पुगेको छ भने त्यहाँ सङ्क्रमणकै कारण मृत्यु हुनेको सङ्ख्या ७२ हजार नजिक पुगेको छ ।

यो समाचार तयार पार्दा ब्राजिलमा भन्दा भारतमा झण्डै ६५ हजार बढी संक्रमित रहेका छन् ।  यसैबीच भारतमा कोरोना भाइरसको दैनिक संक्रमण बृद्धिमा फेरि नयाँ कीर्तिमान कायम हुन थालेको छ । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ९१ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।

 राजधानी दिल्लीमा पनि सङ्क्रमितको सङख्यामा उल्लेख्य वृद्धि भइरहेको छ। तर सङ्क्रमण सहरबाट विस्तारै साना नगर अनि ग्रामीण क्षेत्रहरूमा सर्दैछ। सरकारले व्यापार र यातायात पुनस् खोल्दै गर्दा सङक्रमितको सङ्ख्या पनि ह्वात्तै बढेको बीबीसीले जनाएको छ ।

लकडाउन खुलेपछि मानिसहरूको गतिविधि विभिन्न क्षेत्रमा बढ्नुले पनि सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको विज्ञहरूले बताएका छन्।

प्रकाशित मिति: ०६:५७ बजे, सोमबार, भदौ २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्