परिवारको सदस्यमा कारोना पुष्टि भएपछि स्वास्थ्यमन्त्री क्वारेन्टाइनमा

काठमाडौं, भदौ २१ : परिवारको सदस्यमा कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल क्वारेन्टाइनमा बसेका छन्।
तीन दिन अघि परिवारका एक सदस्यमा संक्रमण पुष्टि भएपछि उनी होम क्वारेन्टाइनमा बसेका हुन्।
उनले क्वारेन्टाइनबाटै मन्त्रालयको काम हेरिरहेको बताएका छन्।
प्रकाशित मिति: १७:३४ बजे, आइतबार, भदौ २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











