Kathmandu Press

कोरोना संक्रमणबाट थप नौ जनाको मृत्यु 

काठमाडौं, भदौ २१ : गत २४ घण्टामा कोरोना संक्रमणबाट थप नौ जनाको मृत्यु भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा सात पुरुष...
कोरोना संक्रमणबाट थप नौ जनाको मृत्यु 

काठमाडौं, भदौ २१ : गत २४ घण्टामा कोरोना संक्रमणबाट थप नौ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा सात पुरुष र दुईजना महिला छन्।

मृत्यु हुनेमा मोरङकी ६४ वर्षीया र झापाको ४५ वर्षीया महिला रहेकी छिन्।

त्यसैगरी काठमाडौंका तीन पुरुषको मृत्यु भएको छ। काठमाडौंका ६८, ७४ र ८४ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

मोरङका ४५ वर्षीय, धनुषाका ३५ वर्षीय, पर्साकाे ७७ वर्षीय पुरूष र चितवनका ७० वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १६:४२ बजे, आइतबार, भदौ २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्