थप ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा थप नौ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
काठमाडौं, भदौ २१ : नेपालमा थप नौ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप नौ सय ८० जनामा संक्रमण पुष्टि भएको हो।
यो अवधिमा १० हजार तीन सय ८२ जनाको पीसीआर परीक्षण गरिएको छ ।
योसहित नेपालमका कोरोना संक्रमितको संख्या ४६ हजार दुई सय ५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
त्यस्तै, गत २४ घण्टामा थप एक हजार आठ सय १४ जना कोरोनामुक्त भएका छन्।
योसहित हालसम्म २८ हजार नौ सय ४१ जना कोरोनामुक्त भइसकेका छन्।
प्रकाशित मिति: १६:३४ बजे, आइतबार, भदौ २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











