Kathmandu Press

सीमित व्यक्ति जम्मा भएर रातो मत्स्येन्द्रनाथको रथ तानिँदै 

ललितपुर भदौ २१ : आइतबार फेरि सुरु भएको रातो मत्स्येन्द्रनाथको रथ तान्ने कार्यक्रमका कडा सुरक्षा व्यवस्था लागू गरिएको छ। ललितपुरको पुल्चोकमा हुने कार्यक्रमका लागि...
सीमित व्यक्ति जम्मा भएर रातो मत्स्येन्द्रनाथको रथ तानिँदै 

ललितपुर भदौ २१ : आइतबार फेरि सुरु भएको रातो मत्स्येन्द्रनाथको रथ तान्ने कार्यक्रममा कडा सुरक्षा व्यवस्था लागू गरिएको छ। 

ललितपुरको पुल्चोकमा हुने कार्यक्रमका लागि महानगरीय प्रहरी परिसर, ललितपुरले बालकुमारीदेखि बल्खुसम्मको सबै क्षेत्र सिल गरिएको छ।

कार्यक्रममा ४ सय ३४ जना सहभागी हुने छन्। स्रोतका अनुसार १६० जना रथ तान्ने, १२४ जना स्वयंसेवक, २८ जना बाजागाजा बजाउने समूह र ज्यापु समाजका विभिन्न पदाधिकारी १२२ जना गरी ४ सय ३४ जना भेला भएर रथ तान्ने कार्यक्रम रहेको छ। 

सीमित व्यक्ति भेला भएर रथ तान्नका लागि जिल्ला प्रवेश गर्ने क्षेत्र सिल गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

कार्यक्रम स्थलको चारैतिर प्रहरीको घेरा हुनेछ।

प्रकाशित मिति: १६:१२ बजे, आइतबार, भदौ २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्