Kathmandu Press

दसैंसम्म निषेधाज्ञा कायम राख्न ललितपुरका प्रजिअको सुझाव

ललितपुर भदौ २१ : कोरोना भाइरसको संक्रमण बढिरकेको समयमा दसैंसम्म उपत्यकामा निषेधाज्ञा गर्नुपर्ने ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले सुझाव दिएका छन्। संसद्को शिक्षा...
दसैंसम्म निषेधाज्ञा कायम राख्न ललितपुरका प्रजिअको सुझाव

ललितपुर भदौ २१ : कोरोना भाइरसको संक्रमण बढिरहेकाे समयमा दसैंसम्म उपत्यकामा निषेधाज्ञा गर्न ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले सुझाव दिएका छन्।  

संसद्को शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिको आइतबार बसेको बैठकमा उनले अघिल्लो चाडपर्वमा निषेधाज्ञा कायम राखेकोले संक्रमण कम भएको बताउँदै निषेधाज्ञा केही खुकुलो पार्दै भएपनि दसैंसम्म राख्नुपर्ने बताएका हुन्।

‘दशैँ आउँदै छ, केही सहजीकण गरेर भए पनि निषेधाज्ञालाई दशैँसम्म राख्नुपर्छ होला। अब चाडबाडमा मानिसको आवतजावत धेरै हुन्छ। संक्रमण बढ्छ। त्यसकारण दशैँसम्म निषेधाज्ञा गर्नैपर्छ।’

प्रकाशित मिति: १४:५३ बजे, आइतबार, भदौ २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्