धरानमा भेन्टिलेटरमा उपचाररत कोरोना संक्रमितको मृत्यु
धरान, भदौ २१ : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भेन्टिलेटरमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ।झापाको कन्काइ नगरपालिका–३ की ४५ वर्षीया...
धरान, भदौ २१ : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भेन्टिलेटरमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ।
झापाको कन्काइ नगरपालिका–३ की ४५ वर्षीया महिलाको आज बिहान मृत्यु भएको अस्पतालका प्रवक्ता डा. दिनेश सापकोटाले बताए।
उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना विशेष अस्पतालमा उपचार भइरहेको थियो।
उनलाई भदौ १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि उनी अस्पताल भर्ना भएकी थिइन्।
केही दिनदेखि कोरोनाका लक्षण देखिएका थिए। दुई दिनदेखि ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको डा.सापकोटाले बताए।
उनलाई श्वासप्रश्वासमा समस्या आएपछि दुई दिनदेखि भेन्टिेलटरमा राखिएको थियो।
उपचारकै क्रममा आइतबार बिहान मृत्यु भएको हाे। डा.सापकोटाका अनुसार उनी मधुमेह रोगबाट पनि पीडित थिइन्।
प्रकाशित मिति: १४:१४ बजे, आइतबार, भदौ २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











