Kathmandu Press

तेजाब पीडित खातुनलाई पर्यटनमन्त्रीकाे आर्थिक सहयोग

तेजाब पीडित खातुनलाई पर्यटनमन्त्रीकाे आर्थिक सहयोग

काठमाडौं, भदौ २१ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आफ्नो जन्मदिनका अवसरमा तेजाब पीडित बालिका मुस्कान खातुनलाई आर्थिक सहयोग गरेका छन्। 

उनले बालिकाको अध्ययनमा थप सहयोग पुगोस् भन्ने ध्येयले ५० हजार रुपैयाँ प्रदान गरेका हुन्। मन्त्री भट्टराईले बालिका र उनका बुबालाई सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा आज आमन्त्रण गरी सहयोग गरेका हुन्। 

गत भदौ २० गते घरबाट विद्यालय जाँदै गर्दा वीरगञ्जमा बालिकामाथि दुई युवाले तेजाब प्रहार गरेका थिए। त्यसबाट घाइते उनको अहिले पनि उपचार चलिरहेको छ। उनी कक्षा ९ मा अध्ययनरत छिन्। सो अवसरमा मन्त्री भट्टराई भने, ‘‘मलाई विश्वास छ, तपाईँ भविष्यमा डाक्टर बन्नुहुनेछ। मैले अहिले दिएको सहयोग बैंकमा जम्मा गरेर भोलि डाक्टर पढ्ने बेलामा खर्च गर्नुहोला।’  

प्रधानमन्त्री केपी शर्मा ओलीले  पनि केही दिनअघि बालिका खातुनलाई बालुवाटारमा आमन्त्रण गरी शिक्षाका लागि आवश्यक प्रबन्ध गरिने जानकारी दिएका थिए।

प्रकाशित मिति: १३:१३ बजे, आइतबार, भदौ २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्