गोरखा अस्पतालमा मृत्यु भएकी वृद्धामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, भदौ २१ : गोरखा अस्पतालमा आइतबार बिहान मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश जनस्वास्थ्य प्रयोगशला पोखरामा गरिएको परीक्षणमा उनमा...
काठमाडौं, भदौ २१ : गोरखा अस्पतालमा आइतबार बिहान मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश जनस्वास्थ्य प्रयोगशला पोखरामा गरिएको परीक्षणमा उनमा संक्रमण पुष्टि भएको हो।
गोरखा नगरपालिकाकी ७५ वर्षीय महिलाको उपचारको क्रममा शनिबार राति मृत्यु भएको थियो।
शनिबार दिउँसो अचेत अवस्थामा अस्पताल लगिएको उनलाई चिकित्सकले केही समयपछि मृत घोषणा गरेका थिए। उनको स्वाब शनिबार बिहान परीक्षणको लागि पठाइएको थियो।
महिलामा संक्रमण पुष्टि भएपछि उनको उपचारका संलग्न पाँच जना स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको छ।
प्रकाशित मिति: १२:०१ बजे, आइतबार, भदौ २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











