कोरोना बीमाको मापदण्ड सच्याउन उद्ययोगपति गोल्छाको आग्रह
काठमाडौं, भदौ २१ : नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले कोरोना बीमाको मापदण्डको विरोध गरेका छन्। उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत कोरोना बीमामा...
काठमाडौं, भदौ २१ : नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले कोरोना बीमाको मापदण्डको विरोध गरेका छन्।
उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत कोरोना बीमामा भएको मापदण्ड सच्याउन आग्रहसमेत गरेका छन्।
बीमा समितिले निजी प्रयोगशालामा गरिएको परीक्षण अमान्य हुने भन्दै मापदण्ड परिवर्तन गरेपछि उनले त्यसको विरोध गरेका हुन्।
सरकारको अनुमतिमा परीक्षण गर्दै आएको निजी प्रयोगशालाको रिपोर्ट मान्य हुँदैन भन्नु गलत रहेको भन्दै उनले मापदण्ड सच्चयाउन आग्रह गरेका छन्।
‘निजी प्रयोगशालाको रिपोर्टलाई मान्यता नदिने बीमा समितिको निर्णयले सर्वसाधारणलाई सास्ती हुनुका साथै बीमाप्रतिको विश्वसनीयता पनि घट्छ,’ उनले लेखेका छन्, ‘कम्पनी, समिति र सरकारले यस समस्याको तुरुन्त समाधान खोजियोस्।’
निजी प्रयोगशालाको रिपोर्टलाई मान्यता नदिने बीमा समितिको निर्णयले सर्वसाधारणलाई सास्ती हुनुका साथै बीमा प्रतिको विश्वसनीयता पनि घट्छ । कंपनी, समिति र सरकारले यस समस्याको तुरन्त समाधान खोजियोस ।#covidinsurance
— Shekhar Golchha (@golchha_shekhar) September 5, 2020











