Kathmandu Press

कोरोनाबाट युएईमा एक सातामा पाँच नेपालीको मृत्यु

काठमाडौं, भदौ २१ : कोरोना भाइरसको संक्रमणबाट एक सातामा युएईमा पाँच नेपालीको मृत्यु भएको छ।गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संकलन गरेको तथ्यांकअनुसार, गत साता...
कोरोनाबाट युएईमा एक सातामा पाँच नेपालीको मृत्यु

काठमाडौं, भदौ २१ : कोरोना भाइरसको संक्रमणबाट एक सातामा युएईमा पाँच नेपालीको मृत्यु भएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संकलन गरेको तथ्यांकअनुसार, गत साता युएईमा कार्यरत पाँच नेपालीले कोरोनाबाट ज्यान गुमाएका हुन्। योसँगै कोरोनाबाट विदेशमा ज्यान गुमाउने नेपालीको संख्या दुई सय पुगेको एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाले बताए।

अहिलेसम्म कोरोनाबाट १६ देशमा नेपालीले ज्यान गुमाएका छन्। त्यस्तै, ४० देशमा रहेका नेपालीमा कोरोना संक्रमण देखिएको एनआरएनले जनाएको छ।

अहिलेसम्म विदेशमा ३४ हजार नौ सय ३९ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ। जसमध्ये ३२ हजार नौ सय ८९ जना निको भएको समितिले जनाएको छ।

पछिल्लो पटक दक्षिण कोरियामा रहेका नेपालीमा कोरोना संक्रमण देखिएको छ। गत साता जापान, अष्ट्रेलिया र कतारमा रहेका नेपालीमा पनि संक्रमण देखिएको समितिले जनाएको छ।

 

प्रकाशित मिति: ११:२४ बजे, आइतबार, भदौ २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्