नर्ससहित गण्डकी प्रदेशमा ६९ जनामा कोरोना संक्रमण
पोखरा, भदौ २१ : दुई जना नर्ससहित गण्डकी प्रदेशमा ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।आज बिहान आएको रिपोर्टमा पोखराको अमरसिंहचोकस्थित पार्कल्यान्ड...
पोखरा, भदौ २१ : दुई जना नर्ससहित गण्डकी प्रदेशमा ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
आज बिहान आएको रिपोर्टमा पोखराको अमरसिंहचोकस्थित पार्कल्यान्ड अस्पतालमा कार्यरत दुई जना नर्समा कोरोना संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। स्वासस्थ्य निर्देशनालयका अनुसार संक्रमितमध्ये पोखरा महानगरपालिकाका २० जना रहेका छन्।
त्यस्तै, आज थपिएका संक्रमितमा स्याङजाको पुतली बजारका २२ जना, तनहुँका सात जना, नवलपरासीका १३ जना, बागलुङका तीन जना र गोर्खाका दुई जना रहेका निर्देशनालयले जनाएको छ।
त्यस्तै, थपिएका संक्रमितमा केही कर्मचारी पनि छन्। लमजुङको रिलायन्स फाइनान्समा कार्यरत दुई कर्मचारी, कावासोतीमा दुई र बुलिंगटारका एक जनामा कोरोना देखिएको छ। को
कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्दा थप संक्रमित भेटिएका हुन्। उनीहरु सबै कन्ट्याक्ट ट्रेसिङका क्रममै पहिचान भएको निर्देशनालयले जनाएको छ।
आज थपिएका संक्रमितसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार पाँच सय १६ पुगेको छ। देशभर कोरोना संक्रमितको संख्या ४५ हजार तीन सय ४६ पुगेको छ।











