Kathmandu Press

चितवनमा कोरोना भाइरस संक्रमित बृद्धको मृत्यु

भरतपुर, भदौ २१ : चितवनमा एक कोरोना भाइरस संक्रमित बृद्धको मृत्यु भएको छ।चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका–१५ का ७० वर्षीय वृद्धको मृत्यु...
चितवनमा कोरोना भाइरस संक्रमित बृद्धको मृत्यु

भरतपुर, भदौ २१ : चितवनमा एक कोरोना भाइरस संक्रमित बृद्धको मृत्यु भएको छ।

चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका–१५ का ७० वर्षीय वृद्धको मृत्यु भएको अस्पतालका अस्पतालका निर्देशक डा. दयाराम लम्सालले बताए। श्वासप्रश्वासमा समस्या आएपनि उनी भदौ १२ गते अस्पताल भर्ना भएका थिए।

त्यसपछि उनको कोरोना परीक्षण गरिएको थियो। भदौ १३ गते आएको रिपोर्टमा कोरोना पोजिभिट देखिएको थियो।

कोरोना पुष्टि भएपछि चितवन मेडिकल कलेजको कोभिड सघन उपचार कक्षमा राखी उपचार भइरहेको थियो। उनको आज बिहान ८ बजे मृत्यु भएको हो।

यससँगै चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ। चितवनका १२, मकवानपुरका पाँच, नवलपरासी सुस्ता पूर्वका दुई, बारा, गोर्खा र कैलालीका एक÷एक जनाको उपचारका क्रममा चितवनमा मृत्यु भएको हो।

 

प्रकाशित मिति: १०:२९ बजे, आइतबार, भदौ २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्