वीरगञ्जमा कोरोना संक्रमित थप एक जनाको मृत्यु
काठमाडौं, भदौं २१ : वीरगन्जमा कोरोनाको कारण थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।वीरगन्जबाट थप उपचारका लागि काठमाडौं लैजाँदै गर्दा ७७ वर्षीय वृद्धको...
काठमाडौं, भदौं २१ : वीरगन्जमा कोरोनाको कारण थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।
वीरगन्जबाट थप उपचारका लागि काठमाडौं लैजाँदै गर्दा ७७ वर्षीय वृद्धको मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।
भदौ १८ गते कोभिड पुष्टि भई नारायणी वयोधा अस्पतालमा उपचाररत वृद्धलाई परिवारका सदस्यले थप उपचारका लागि काठमाडौँ ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले पनि जनाएको छ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १० घर भएका ७७ वर्षीय पुरुषको शुक्रबार राति काठमाडौं लैजाने क्रममा मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ।
प्रकाशित मिति: ०७:२१ बजे, आइतबार, भदौ २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











