Kathmandu Press

भारतमा कोरोना संक्रमितको नयाँ रेकर्ड, एकैदिन ९० हजार वढी संक्रमित 

काठमाडौं, भदौं २१ : भारतमा कोरोना भाइरसको संक्रमण बृद्धिमा दिनानुदिन नयाँ कीर्तिमान कायम हुन थालेको छ ।पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ९० हजारभन्दा...
भारतमा कोरोना संक्रमितको नयाँ रेकर्ड, एकैदिन ९० हजार वढी संक्रमित 

काठमाडौं, भदौं २१ : भारतमा कोरोना भाइरसको संक्रमण बृद्धिमा दिनानुदिन नयाँ कीर्तिमान कायम हुन थालेको छ ।

पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ९० हजारभन्दा बढीमा संक्रमण देखिएको छ । यसअघि शनिबार ८७ हजार ११५ जनामा संक्रमण पुष्टि भएकोमा आइतबार यो समाचार तयार पार्दासम्म ९० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको हो ।

शनिबार ९० हजार ६०० जना संक्रमित भएसँगै भारतमा कोरोना संक्रमितको संख्या ४१ लाख १० हजार ८३९ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ३१ लाख ७७ हजार ६३७ जना संक्रमणमुक्त भएका छन् भने ८ लाख ६२ हजार ४८७ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ७० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १०४४ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ७० हजार ६७९ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति: ०६:५१ बजे, आइतबार, भदौ २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्