Kathmandu Press

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु

काठमाडौं, भदौ २० : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ९ जनाको मृत्यु भएको छ।शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा....
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु

काठमाडौं, भदौ २० : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ९ जनाको मृत्यु भएको छ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको जानकारी दिए।  

उनका अनुसार मोरङकी ४३, मकवानपुरकी ५२ र नवलपरासीकी ३७ वर्षीया महिला तथा पर्साका ७५, महोत्तरीको ७८, काठमाडौंका ४१, ५९, ४५ र रुपन्देहीको ४० वर्षीया पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। 

योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या २८० पुगेको छ।

यस्तै, शनिबार नेपालमा थप १०४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रवक्ता डा. गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ। संक्रमितमध्ये अहिलेसम्म २७ हजार १२७ जना निको भएर घर फर्किएका छन्। 

प्रवक्ता गौतमका अनुसार शनिबारमात्रै कोरोनालाई जितेर १५६६ जना घर फर्किएका छन्। 

प्रकाशित मिति: १६:२९ बजे, शनिबार, भदौ २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्