Kathmandu Press

काठमाडौं उपत्यकामा थपिए ४०८ जना कोरोना संक्रमित 

काठमाडौं, भदौ २० : काठमाडौं उपत्यकामा थप ४०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।शनिबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ४०८   जनामा...
काठमाडौं उपत्यकामा थपिए ४०८ जना कोरोना संक्रमित 

काठमाडौं, भदौ २० : काठमाडौं उपत्यकामा थप ४०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शनिबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ४०८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

उनका अनुसार काठमाडौंका ३२६, ललितपुरका ३७ र भक्तपुरका ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।  

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ। संक्रमितमध्ये २७ हजार १२७ जना निको भएर घर फर्किएका छन् भने अहिलेसम्म कोरोना संक्रमणबाट २८० जनाको मृत्यु भएको छ। 

प्रवक्ता गौतमका अनुसार शनिबारमात्रै कोरोनालाई जितेर १५६६ जना घर फर्किएका छन्। 

प्रकाशित मिति: १६:१९ बजे, शनिबार, भदौ २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्