Kathmandu Press

संक्रमणबाट बच्न स्वास्थ्य मन्त्रालयकाे जनचेतनामूलक कार्यक्रम

काठमाडौं, भदौ २० : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाका १३ स्थानमा कोभिड–१९ को रोकथाम र नियन्त्रणसम्बन्धी जनचेतना जगाउन आजदेखि स्वयम्सेवक परिचालन गरेको छ। मन्त्रालयले...
संक्रमणबाट बच्न स्वास्थ्य मन्त्रालयकाे जनचेतनामूलक कार्यक्रम

काठमाडौं, भदौ २० : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाका १३ स्थानमा कोभिड–१९ को रोकथाम र नियन्त्रणसम्बन्धी जनचेतना जगाउन आजदेखि स्वयम्सेवक परिचालन गरेको छ। मन्त्रालयले कोभिड–१९ को संक्रमण फैलिएकाले ती स्थानका समुदायलाई चेतनामूलक कार्यक्रम गर्न स्वयम्सेवक परिचालन गरिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।  

ती स्थानमा गई स्वयम्सेवकले कोभिड–१९ बाट बच्नका लागि जनसमुदायलाई जनचेतनामूलक कार्यक्रममार्फत आग्रह गर्नेछन्। उपत्यकामा दैनिक संक्रमण बढिरहेकाले मन्त्रालयले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेको हो। शुक्रबार मात्र ४५४ जनामा संक्रमण देखिएको थियो।  

एउटा गाडीमा जनस्वास्थ्यका दुई, स्काउटका दुई र मन्त्रालयका दुई कर्मचारी गई बढी भीड हुने ठाउँमा कोभिड–१९ बाट बच्न र बचाउन जनचेतना जगाउने उनले बताए। कोटेश्वर, कालीमाटी, नयाँ बसपार्क, बल्खु, चावहिल, रत्नपार्क, मैतिदेवी, महाराजगञ्ज, पाटन, लगनखेल, ग्वार्को, सातदोबाटो र भक्तपुरका सबै नगरपालिकामा स्वयम्सेवक परिचालन गरी कोभिड–१९ का बारेमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ। 

उनका अनुसार करीब एक हप्ता स्वयम्सेवकले जनचेतनासम्बन्धी जागरण कार्यक्रम सञ्चालन गरिनेछ। ‘बढी भीड हुने ठाउँमा स्वयम्सेवक गएर कोभिड–१९ बाट बच्न र बचाउने उपायबारे माइकिङ गर्नेछन्,’ उनले भने, ‘त्यस्ता ठाउँमा रहेका मानिसलाई मास्क र सानिटाइजर प्रयोग गर्नसमेत सिकाउनेछन्।’

स्वयम्सेवकले जनस्वास्थ्य प्रवद्र्धनसम्बन्धी कार्यक्रम सञ्चालन गर्नाका साथै कोभिड–१९ सम्बन्धी स्वास्थ्य शिक्षा सामग्रीसमेत वितरण गर्नेछन्। मन्त्रालयले स्वयम्सेवक परिचालनका लागि आवश्यक सहयोग र समन्वय काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको छ।

प्रकाशित मिति: १४:३३ बजे, शनिबार, भदौ २०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्