Kathmandu Press

वाणिज्य बैंकका कर्मचारीमा कोरोना, बैंकिङ सेवा एक साताका लागि बन्द

वीरेन्द्रनगर, भदौ २० : राष्ट्रिय वाणिज्य बैंक सुर्खेत शाखाका कर्मचारीमा कोरोना भाइरस संक्रमण भएपछि एक साताका लागि सेवा बन्द गरिएको छ।प्रदेश अस्पताल र पशुपंछी...
वाणिज्य बैंकका कर्मचारीमा कोरोना, बैंकिङ सेवा एक साताका लागि बन्द

वीरेन्द्रनगर, भदौ २० : राष्ट्रिय वाणिज्य बैंक सुर्खेत शाखाका कर्मचारीमा कोरोना भाइरस संक्रमण भएपछि एक साताका लागि सेवा बन्द गरिएको छ।

प्रदेश अस्पताल र पशुपंछी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा बैंकको नगद शाखामा कार्यरत एक जना कर्मचारीमा सङ्क्रमण पुष्टि भएको थियो। बैंकका प्रबन्धक लीलाराम ढुङ्गानाले सेवाग्राही र कर्मचारीमा सङ्क्रमण फैलिन नदिन एक साताका लागि सेवा बन्द गरिएको बताए।  

“सङ्क्रमित कर्मचारी आइसोलेसन बस्नुभएको छ”, उनले भने, “कार्यालय सानिटाइज गरेका छौँ, कम्तीमा एक साता बैंक बन्द रहने सूचना जारी गरिसकेका छौँ ।” 

शाखा प्रबन्धक ढुङ्गानाका अनुसार पाँच दिनपछि बैंकका अन्य कर्मचारीको स्वाब संकलन गर्ने र रिपोर्ट  ‘नेगेटिभ’ आएपछि मात्र सेवा पुनः सञ्चालन गरिनेछ। यसअघि जिल्ला अदालतमा कार्यरत कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि अदालत एक साताका लागि सिल गरिएको थियो। रासस

प्रकाशित मिति: १४:२७ बजे, शनिबार, भदौ २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्