Kathmandu Press

धुलिखेल अस्पतालमा उपचाररत महोत्तरीका कोरोना संक्रमितको मृत्यु 

धुलिखेल, भदौ २० :  काभ्रेको धुलिखेल अस्पतालमा महोत्तरीका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।कोरोना संक्रमणबाट बर्दिबासका ७६ वर्षीय पुरुषको उपचारका क्रममा शनिबार बिहान...
धुलिखेल अस्पतालमा उपचाररत महोत्तरीका कोरोना संक्रमितको मृत्यु 

धुलिखेल, भदौ २० :  काभ्रेको धुलिखेल अस्पतालमा महोत्तरीका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।

कोरोना संक्रमणबाट बर्दिबासका ७६ वर्षीय पुरुषको उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जानकारी दिए।

स्वास्थ्यमा समस्या आएपछि ती पुरुष १५ दिनअघि अस्पताल भर्ना भएका थिए। अस्पताल भर्नापछि स्वाब संकलन गरेर परीक्षण गर्दा ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो।
 

प्रकाशित मिति: १३:१४ बजे, शनिबार, भदौ २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्