Kathmandu Press

धादिङमा बस दुर्घटना, दुईको मृत्यु

धादिङ,  वैशाख ८ : धादिङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

पृथ्वीराजमार्गको नौबिसे मुग्लिन-सडकखण्डअन्तर्गत धादिङको बेनिघाट रो....

धादिङमा बस दुर्घटना, दुईको मृत्यु
सांकेतिक तस्वीर

धादिङ,  वैशाख ८ : धादिङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

पृथ्वीराजमार्गको नौबिसे मुग्लिन-सडकखण्डअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा ना ४ ख १४१५ नम्बरको बस सडकबाट त्रिशूली नदीमा खसेको हाे। दुर्घटनामा परी दोलखाका हरिवंश केशीर र सोही ठाउँका पार्वती बुढाथोकीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले जानकारी दिए। 

उनका अनुसार हरिवंशको घटनास्थलमै र पार्वतीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका १० जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ।  सामान्य घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १५:३२ बजे, आइतबार, वैशाख ८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्