कोरोना संक्रमणबाट पर्सामा थप एक जनाको मृत्यु
वीरगञ्ज, भदौ २० : पर्सामा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। कोरोनाको संक्रमणबाट पकाहामैनपुर गाउँपालिका–२ का ७५ वर्षीय पुरुषको उपचारका क्रममा...
वीरगञ्ज, भदौ २० : पर्सामा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।
कोरोनाको संक्रमणबाट पकाहामैनपुर गाउँपालिका–२ का ७५ वर्षीय पुरुषको उपचारका क्रममा अस्थायी कोभिड अस्पताल गण्डकमा मृत्यु भएको हो।
ती पुरुषको गएराति साढे ११ बजे मृत्यु भएको गण्डक कोभिड अस्पतालका संयोजक डा. उदय नारायण सिंहले जानकारी दिए।
ती पुरुषलाई कोरोना पुष्टि भएपछि गत भदौ ५ गते अस्थायी कोभिड अस्पताल गन्डकमा भर्ना गरिएको थियो। योसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ।
प्रकाशित मिति: ११:३८ बजे, शनिबार, भदौ २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











