विराटनगरमा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि
विराटनगर, भदौ २० : कोरोना भाइरसको संक्रमणबाट मोरङमा थप एक महिलाको मृत्यु भएको छ।विराटनगरस्थित कोशी अस्पतालमा शुक्रबार मृत्यु भएकी विराटनगर महानगरपालिका–४ की ६४...
विराटनगर, भदौ २० : कोरोना भाइरसको संक्रमणबाट मोरङमा थप एक महिलाको मृत्यु भएको छ।
विराटनगरस्थित कोशी अस्पतालमा शुक्रबार मृत्यु भएकी विराटनगर महानगरपालिका–४ की ६४ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो।
ती महिलाको शनिबार बिहान कोरोना रिपोर्ट पोजेटिभ आएको अस्पतालका डा. लक्ष्मीनारायण यादवले जानकारी दिए।
उनका अनुसारी शुक्रबार दिउँसो तीन बजेतिर कोशी अस्पताल भर्ना भएकी उनको साँझ साढे ७ बजे मृत्यु भएको थियो। स्वाब संकलन गरेर कोरोना परीक्षणका लागि पठाइएको र शनिबार बिहान आएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको उनले बताए।
ती महिलामा ज्वरो, झाडापखाला र श्वासप्रश्वासमा समस्या थियो।
प्रकाशित मिति: ११:१९ बजे, शनिबार, भदौ २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











