Kathmandu Press

चितवनमा खुकुलो बनाउँदै बढाइयो निषेधाज्ञाको समय

भरतपुर, भदौ २० : जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञालाई केही खुकुलो बनाउँदै समय थप गरेको छ। प्रशासनले जारी निषेधाज्ञालाई भदौ ३१ गतेसम्म बढाएको...
चितवनमा खुकुलो बनाउँदै बढाइयो निषेधाज्ञाको समय

भरतपुर, भदौ २० : जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञालाई केही खुकुलो बनाउँदै समय थप गरेको छ। प्रशासनले जारी निषेधाज्ञालाई भदौ ३१ गतेसम्म बढाएको हो। निषेधाज्ञाको समय शनिबार मध्यरातिबाट सकिँदै थियो।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले तोकिएका सेवाबाहेक सञ्चालन नगर्न आग्रह गरेका छन्। सूचनामा अत्यावश्यकीय वस्तुका अतिरिक्त निर्माण सामग्री, बिजुली, भाँडाकुँडा र कपडा पसललाई समेत सञ्चालन गर्न दिइने उल्लेख छ। ती पसलहरु बिहान १० देखि साँझ ४ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने सूचनामा उल्लेख छ।
 
जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको बैठकले दिउँसोको समयमा निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको हो। जिल्लामा पहिलोपटक गत साउन ३१ गतेदेखि भरतपुर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको थियो। त्यसलगत्तै पूर्वी चितवनका चार नगरपालिका र इच्छाकामना गाउँपालिकामा समेत निषेधाज्ञा जारी गरिएको थियो।

पछिल्लोपटक माडी नगरपालिकासमेत जिल्लाभर निषेधाज्ञा लागू गरिएको छ। जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या भने दिनहुँ बढ्दै गएको छ। 

प्रकाशित मिति: ११:११ बजे, शनिबार, भदौ २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्