Kathmandu Press

वीपी स्वास्थ्य प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

धरान, भदौ २० : कोरोना भाइरसको संक्रमणबाट मोरङकी एक जना महिलाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट विराटनगर महानगरपालिका–११ की ४३ वर्षीया महिलाको उपचारका क्रममा...
वीपी स्वास्थ्य प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

धरान, भदौ २० : कोरोना भाइरसको संक्रमणबाट मोरङकी एक जना महिलाको मृत्यु भएको छ। 

कोरोना संक्रमणबाट विराटनगर महानगरपालिका–११ की ४३ वर्षीया महिलाको उपचारका क्रममा धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो। 

बिहीबार कोरोना संक्रमण पुष्टि भएपछि न्यूरो अस्पताल विराटनगरबाट ती महिलालाई वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको थियो। शुक्रबार उपचारका लागि वीपी स्वास्थ्य प्रतिष्ठानमा भर्ना भएकी ती महिलाको त्यही दिन साँझ मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाले जानकारी दिए।

ती महिला विगत चार वर्षदेखि उच्च रक्तचापबाट पीडित रहेको अस्पतालले जनाएको छ।

प्रकाशित मिति: १०:३९ बजे, शनिबार, भदौ २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्