Kathmandu Press

क्रसर उद्योगको मापदण्ड पालनामा कडाई

काठमाडौं, भदौं २० : गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समितिले क्रसर उद्योग सबै जिल्लामा मापदण्ड विपरित सञ्चालन भएको भन्दै पालनाका लागि सरोकार भएकालाई...
क्रसर उद्योगको मापदण्ड पालनामा कडाई

काठमाडौं, भदौं २० : गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समितिले क्रसर उद्योग सबै जिल्लामा मापदण्ड विपरित सञ्चालन भएको भन्दै पालनाका लागि सरोकार भएकालाई जिम्मेवार बनाउने भएको छ ।

समितिको शुक्रबार बसेको भर्चुअल बैठकले प्रदेशभित्रका क्रसर उद्योग सञ्चालनबारेमा ११ वटै जिल्ला समन्वय समितिका प्रमुखसँग आगामी भदौ २४ गते छलफल गर्ने निर्णय गरेको समितिका सभापति दीपक कोइरालाले बताए ।

“प्रदेशमा यी उद्योग थपिनेक्रम छ तर मापदण्ड पालना नगरेको तथा कतिपय दर्ता, नविकरण नभएको गुनासा आएका छन्”, कोइरालाले भने,“क्रसर उद्योगलाई मापदण्ड पालना गराउनेबारेमा सबै समन्वय प्रमुखसँग छलफल गर्दछौँ ।”

बैठकमा समितिका सदस्य इन्द्रलाल सापकोटा, भागवत प्रकाश मल्ल, हरिशरण आचार्य, जनकलाल श्रेष्ठ, डोबाटे विश्वकर्मा र सरिता गुरुङले आ–आफ्नो जिल्लामा क्रसर उद्योग र अवस्थाबारे जानकारी दिएका थिए । 

प्रकाशित मिति: ०८:०७ बजे, शनिबार, भदौ २०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्