बुटबलमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु
रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ ।
काठमाडौं, भदौं २० : रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ ।
केही दिनदेखि उपचाररत एक महिलाको आज बिहान र एक पुरूषको शुक्रबार राति मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका अनुसार नवलपरासी प्रतापपुर गाउँपालिका–२ की ३७ वर्षीया महिलाको आज बिहान ६ बजे मृत्यु भएको हो ।
उच्च ज्वरो र श्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि उनी भदौ १७ गते अस्पताल भर्ना भएकी थिइन् । बुटवल ११ का ४० वर्षीय पुरूषको भने शुक्रबार राति ११ १० बजे मृत्यु भएको हो ।
उनी यही भदौ १५ गते अस्पताल भर्ना भएका थिए ।
प्रकाशित मिति: ०८:०१ बजे, शनिबार, भदौ २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











