Kathmandu Press

अर्थ र सञ्चार मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओलीले आफैँले सम्हाल्ने

काठमाडौं, भदौ १९ : अर्थ र सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओली आफैँले सम्हाल्ने भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको...
अर्थ र सञ्चार मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओलीले आफैँले सम्हाल्ने

काठमाडौं, भदौ १९ : अर्थ र सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओली आफैँले सम्हाल्ने भएका छन्। 

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा डा. युवराज खतिवडाले सम्हाल्दै आएका अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओलीले सम्हाल्ने गरी तोकेकी हुन्।

खतिवडाले नेपालको संविधानको धारा ७७ को उपधारा २ को खण्ड क बमोजिम शुक्रबार आफ्नो पदबाट राजीनामा दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। 

प्रकाशित मिति: १९:५३ बजे, शुक्रबार, भदौ १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्