Kathmandu Press

रुपन्देहीमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि

बुटवल, भदौ १९ : रुपन्देहीमा थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार गरिएको परीक्षणमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको...
रुपन्देहीमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि

बुटवल, भदौ १९ : रुपन्देहीमा थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

शुक्रबार गरिएको परीक्षणमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

बुटवल उपमहानगरपालिकाका ३० जना, तिलोत्तमा नगरपालिकाका ५ जना, सिद्धार्थनगर नगरपालिकाका १५ जना, रोहिणी गाउँपालिकाका ४ जना, देवदह नगरपालिका, सैनामैना नगरपालिका र ओमसतिया गाउँपालिकाका १–१ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

योसँगै रुपन्देहीमा कोरोनाबाट संक्रमित हुनेको संख्या ११ सय ९० पुगेको छ। संक्रमितमध्ये ४९४ जना निको भएर घर फर्किएका छन् भने अहिलेसम्म १३ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: १८:५७ बजे, शुक्रबार, भदौ १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्