Kathmandu Press

चितवनमा प्लाज्मा थेरापी गरिएकी कोरोना संक्रमितको मृत्यु

चितवनमा प्लाज्मा थेरापी गरिएकी कोरोना संक्रमितको मृत्यु

काठमाडौं, भदौ १९ :  चितवनमा कोभिड-१९ संक्रमित एक महिलाको मृत्यु भएको छ।

चितवन मेडिकल कलेजको कोभिड सघन कक्षमा उपचाररत मकवानपुर, हेटौंँडा उपमहानगरपालिका-११ की ५२ वर्षीया महिलाको शुक्रबार मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए। 

ती महिलाको बिहीबार राति मात्रै डा शीतल अधिकारी र डा  लम्सालको टोलीले प्लाज्मा थेरापीबाट उपचार शुरु गरेको थियो। श्वासप्रश्वास र छातीमा समस्या देखिएपछि उनी यही भदौ ११ गते मेडिकल कलेजमा भर्ना भएकी थिइन्।

योसँगै चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ।

प्रकाशित मिति: १८:२७ बजे, शुक्रबार, भदौ १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्