Kathmandu Press

हेटौँडामा कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौं, भदौ १९ : मकवानपुरको हेटौँडामा कारोना संक्रमणवाट एक महिलाको मृत्यु भएको छ।हेटौँडा उपमहानगरपालिका–११ की ५२ वर्षीया महिलाको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार...
हेटौँडामा कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौं, भदौ १९ : मकवानपुरको हेटौँडामा कारोना संक्रमणवाट एक महिलाको मृत्यु भएको छ।

हेटौँडा उपमहानगरपालिका–११ की ५२ वर्षीया महिलाको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार गराउने क्रममा मृत्यु भएको हो। निमोनियाको उपचारका लागि भदौ १० गते भर्ना भएकी ती महिलामा भदौ ११ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो।

अस्पतालको सघन उपचार कक्षमा उनको उपचारका क्रममा मृत्यु भएको बताइएको छ। यससँगै कोरोनाबाट हालसम्म हेटौँडामा महिला र पुरुष गरी सात जनाको मृत्यु भइसकेको छ। 
 

प्रकाशित मिति: १८:२० बजे, शुक्रबार, भदौ १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्