Kathmandu Press

पछिल्लो २४ घण्टामा १३ सय ५४ जना कोरोनामुक्त

काठमाडौं, भदौ १९ : नेपालमा पछिल्लो २४ घण्टामा १३ सय ५४ जना कोरोनामुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसहित...
पछिल्लो २४ घण्टामा १३ सय ५४ जना कोरोनामुक्त

काठमाडौं, भदौ १९ : नेपालमा पछिल्लो २४ घण्टामा १३ सय ५४ जना कोरोनामुक्त भएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या २५ हजार ५ सय ६१ पुगेको छ। 

मन्त्रालयका अनुुसार हालसम्म पीसीआर विधिबाट ७ लाख ४५ हजार ४ सय ९० परीक्षण गरिएको छ। 

संक्रमणमुक्त हुने दर ५८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। हाल देशभर १८ हजार चार सय चारजना सक्रिय संक्रमित रहेका छन्। 

तीमध्ये १० हजार नौ सय ४२ जना संस्थागत र सात हजार चार सय ६२ जना होम आइसोलेसनमा बसेका छन्।

प्रकाशित मिति: १७:३० बजे, शुक्रबार, भदौ १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्