Kathmandu Press

हत्यापछि टाउको बोकेर प्रहरी कार्यालय पुगे अभियुक्त

धादिङ, भदौ १९ : नीलकण्ठ नगरपालिका वडा नं १३ खल्चेतमा गए राति एक जनाको हत्या गरी अभियुक्त जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गर्न आएका...
हत्यापछि टाउको बोकेर प्रहरी कार्यालय पुगे अभियुक्त

धादिङ, भदौ १९ : नीलकण्ठ नगरपालिका वडा नं १३ खल्चेतमा गए राति एक जनाको हत्या गरी अभियुक्त जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गर्न आएका छन्।

स्थानीय सोमबहादुर गुरुङसँग सामान्य विवाद हुँदा धारिलो हतियार प्रयोग गरी हत्या गरेको भन्दै अभियुक्त राजु परियारले आत्मसमर्पण गरेका हुन्।

हत्यामा संलग्न अभियुक्त २६ वर्षीय परियारले गुरुङको टाउको र हत्या गर्न प्रयोग गरिएको हतियारसहित जिप्रकामा आत्मसमर्पण गर्न आएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए। हत्या आरोपितलाई कर्तव्य ज्यान मुद्दा चलाइने प्रहरीले जनाएको छ। शव धादिङ अस्पतालमा परीक्षणका  लागि राखिएको छ।

प्रकाशित मिति: १७:११ बजे, शुक्रबार, भदौ १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्