शनिबार काठमाडौंका कुन–कुन क्षेत्रमा काटिँदैछ बिजुली ?
काठमाडौं, भदौ १९ : काठमाडौंका केही ठाउँमा शनिबार बिजुली नहुने भएको छ। नेपाल विद्युत प्राधिकरण बालाजू वितरण केन्द्रअन्तर्गत पर्ने काठमाडौं महानगरपालिकाका वडा नं...
काठमाडौं, भदौ १९ : काठमाडौंका केही ठाउँमा शनिबार बिजुली नहुने भएको छ। नेपाल विद्युत प्राधिकरण बालाजू वितरण केन्द्रअन्तर्गत पर्ने काठमाडौं महानगरपालिकाका वडा नं १५, १६ र तारकेश्वर नगरपालिकाका केही स्थानमा शनिबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली हुने छैन।
बनस्थली, गंगाहल, माछापोखरी, बालाजू बाइपास, वसन्तनगर, न्यायिक प्रतिष्ठान, मनमैजू, लोकतान्त्रिक चोक, इन्द्रायणी पुलसम्मको क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ।
त्यस क्षेत्रमा विद्युत् आपूर्ति गर्ने विष्णुमती फिडर भित्रको ११ केभी लाइन रिङरोड एरियामा सार्नु पर्ने भएकाले विद्युत् आपूर्ति बन्द गर्नु परेको केन्द्र प्रमुख सुरज रेग्मीले जानकारी दिए। तोकिएको समय अघि नै काम सकिएमा तुरुन्त विद्युत आपूर्ति सुचारु गरिने रेग्मीले बताए।
प्रकाशित मिति: १६:४१ बजे, शुक्रबार, भदौ १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











